शिक्षामा नयाँ नारा : चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश
काठमाडौं, जेठ २ : सरकारले शिक्षामा नयाँ नारा ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले ‘चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश&rsqu....

काठमाडौं, जेठ २ : सरकारले शिक्षामा नयाँ नारा ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले ‘चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश’ भन्ने नारा ल्याएको हो। कार्यक्रममा स्नात्तकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक क्षेत्रमा मुलुकभर परिचालन गरिने उल्लेख छ।
यस्तै मदन भण्डारी र योगमाया विश्वविद्यालयको सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिने नीति समेत सरकारले लिएको छ।
आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गर्ने र राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले विद्यालयबाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई विद्यालय भर्ना गरिएको र सम्पूर्ण बालबालिका भएको निश्चित गरिने जनाएको छ।
‘बालबालिकालाई विद्यालय ल्याउँ र पढाइमा टिकाउ’ अभियानअन्तर्गत सबै विद्यार्थीले कम्तिमा माध्यमिक तह पूरा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै विज्ञान अध्ययन केन्द्रहरुको स्थापना गर्ने, प्राविधिक शिक्षा विस्तार अभियान अन्तर्गत नेपालभर ६०७ स्थानीय तहमा प्राविधक शिक्षाको विस्तार गरिएको सरकारले जनाएको छ।











