केन्द्रमा तीन सय र प्रदेशमा सय श्ययाको संक्रामक रोग अस्पताल बनाइने
काठमाडौं, जेठ २ : सरकारले तीन सय श्ययाको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर....

काठमाडौं, जेठ २ : सरकारले तीन सय श्ययाको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा तीन सय श्ययाको ३०० केन्द्रीयस्तरको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने बताएकी हुन्।
यस्तै, प्रदेशस्तरमा १००–१०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने उनले बताइन्।
प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











