Kathmandu Press

निरोगी नेपाल निर्माण सरकारको प्राथमिकता 

काठमाडौं, जेठ २ : सरकारले निरोगी नेपाल निर्माण प्रमुख प्राथमिकता रहेको बताएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्....

निरोगी नेपाल निर्माण सरकारको प्राथमिकता 

काठमाडौं, जेठ २ : सरकारले निरोगी नेपाल निर्माण प्रमुख प्राथमिकता रहेको बताएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  निरोगी नेपाल निर्माण सरकारको मुल नीति रहेको बताइन्। 

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न कार्यक्रम सञ्‍चालन गरिने नीति सरकारले लिएको छ।  भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने र स्तरोन्नती गर्ने नीतिसमेत सरकारले लिएको छ। 

यस्तै ३०० शैय्याको केन्द्रीय र न्युनतम ५० शैय्याको अत्याधुनिक सरुवा रोगको अस्पताल स्थापना गरिने नीतिसमेत सरकारले लिएको छ।

यस्तै एकिकृत एम्बुलेन्स सेवा विस्तार गर्ने र प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टर स्थापना गरिने नीति सरकारले अघि सारेको छ।

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्