Kathmandu Press

‘कोरोना मुक्त देश सरकारको मुख्य प्राथमकितामा’

काठमाडौं, जेठ २ : सरकारले आफ्नो प्रमुख प्राथमिकता कोरोना मुक्त देश बनाउने भएको जनाएको छ।

शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थि....

‘कोरोना मुक्त देश सरकारको मुख्य प्राथमकितामा’

काठमाडौं, जेठ २ : सरकारले आफ्नो प्रमुख प्राथमिकता कोरोना मुक्त देश बनाउने भएको जनाएको छ।

शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको ध्यान कोरोना मुक्त देश बनाउनेतर्फ रहेको बताएकी हुन्। 

‘महामारी मुक्त देश सरकारको पहिलो प्राथमिकता हो। त्यसका लागि स्वास्थ्य सजगताका नियम पालना गर्ने र गराउने। परीक्षणलाई व्यापकलाई बनाउने र औषधी, चिकित्सकको पर्याप्त परिचालन गर्नु हो,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘कुनै पनि व्यक्तिको ज्यान दिन नदिन सरकार दृढतापूर्णरुपले लागेको छ।’

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्