Kathmandu Press

राष्ट्रपतिको ‘मेरो सरकार’ को अघिल्लो वर्ष विरोध भएपछि यस वर्ष ‘यो सरकार’

काठमाडौं, जेठ २ :  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार&rsquo....

राष्ट्रपतिको ‘मेरो सरकार’ को अघिल्लो वर्ष विरोध भएपछि यस वर्ष ‘यो सरकार’

काठमाडौं, जेठ २ :  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीको चर्को आलोचना भएपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त शब्द  हटाइएको छ। 

आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ को ठाउँमा ‘यो सरकार र यस सरकार’को दुई शब्दावली राष्ट्रपतिले प्रयोग गरेकी छन्। 

चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ शब्दावली राखेर राजतन्त्रको झल्को दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो।  चालू आर्थिक वर्षको २६ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली प्रयोग भएपछि सत्तासीन दलकै नेता, कार्यकर्ताले विरोध गरेका थिए। 

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले बाचन गर्नुअघि नीति तथा कार्यक्रम पढ्दा ‘मेरो सरकार’ शब्दावली नभएको र पछि त्यसलाई घुसाइएको बताएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओली नै ‘मेरो सरकार’ शब्दावली थप्न लगाएको भन्दै अघिल्लो वर्ष चर्को विरोध भएको थियो। नीति तथा कार्यक्रममा राखिएको मेरो सरकार शब्दावलीलाई लिएर नेकपाको संसदीय दलमै विवाद भएको थियो।

सांसदहरुले केपी ओली नेतृत्वको सरकारले राजतन्त्रको झल्को दिने गरी मेरो सरकार भन्न लगाएको भन्दै उक्त  शैलीको विरोध भएको थियो। विपक्षी दल लगायत नागरिक तप्काबाट पनि नीति तथा कार्यक्रममा मेरो सरकार आउनु राजतन्त्रको झल्को भन्दै चर्को विरोध गरेका थिए।

यस्तै, गत वर्ष  माननीय सभामुख–अध्यक्ष भन्ने शब्दावली राष्ट्रपतिबाट प्रयोग भएको भन्दै आलोचना भएको थियो। यो वर्ष त्यसलाई सच्चाएर सम्माननीय सभामुख–अध्यक्ष बनाइएको छ।
 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्