Kathmandu Press

३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा

बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो।
३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा

सुनसरी, असोज १० : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असोज १० गते ०१स४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ।

 

प्रकाशित मिति: २०:३२ बजे, शुक्रबार, असोज १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्