Kathmandu Press

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि महरा पहिलो पटक संसदमा उपस्थित

काठमाडौं, जेठ २ : जबरजस्ती करणीको प्रयासको मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा पहिलो पटक संसद बैठकमा सहभागी भएका छन्। 

शु....

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि महरा पहिलो पटक संसदमा उपस्थित

काठमाडौं, जेठ २ : जबरजस्ती करणीको प्रयासको मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा पहिलो पटक संसद बैठकमा सहभागी भएका छन्। 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसिरहेको संघीय संसदका दुवै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को संयुक्त बैठकमा पूर्वसभामुख महरा सहभागी भएका छन्। बैठकमा राष्ट्रिपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम पेश गरिरहेकी छिन्। 

संसद सचिवालयमा कार्यरत महिलालाई जबरजस्ती करणीको अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। करिव ६ महिना प्रहरी हिरासतमा बिताएर जिल्ला अदालत काठमाडौंले महरालाई जबरजस्ती करणीको प्रयासको मुद्दामा सफाइ दिएको थियो। सफाइ पाएपछि पूर्वसभामुख महरा संसद बैठकमा सहभागी भएका थिएनन्। 


 

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्