Kathmandu Press

सुनको मूल्य तोलामा १२ सय बढ्यो

बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ। 
सुनको मूल्य तोलामा १२ सय बढ्यो

काठमाडौं, असोज १० : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ सयले बढेको हो। 

बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ। 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो। 

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, असोज १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्