प्रधानमन्त्रीको फोटो बिगारेर सामाजिक सञ्जालमा पोष्ट गर्ने पक्राउ
काठमाडौं, जेठ २ : प्रधानमन्त्री केपी ओलीसहित विशिष्ठ व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ ....

काठमाडौं, जेठ २ : प्रधानमन्त्री केपी ओलीसहित विशिष्ठ व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली तीनपाटन गाउँपालिका–१, बेलघारीका २२ वर्षीय तोरण पौडेल रहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धान गर्न पौडेललाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ।
प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











