Kathmandu Press

पौडी खेल्दा डुबेर बालकको मृत्यु

तनहुँ, जेठ २ : तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित....

पौडी खेल्दा डुबेर बालकको मृत्यु

तनहुँ, जेठ २ : तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको  कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव दमौली अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्