Kathmandu Press

पशुपति विकास कोषको सदस्य–सचिवमा भण्डारी सिफारिस

हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।
पशुपति विकास कोषको सदस्य–सचिवमा भण्डारी सिफारिस

काठमाडौं, असाेज ९ : पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ। 

हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो। उनी जेनजी आन्दोलनमा सक्रिय युवा हुन्।

सदस्य–सचिव नियुक्त भएपछि उनले कोषका नीतिगत, आर्थिक तथा प्रशासनिक कार्यहरूको संयोजन गर्ने, समितिका बैठक एजेण्डा तयारी गर्ने र कार्यान्वयन सुनिश्चित गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन गर्ने तथा आवश्यक प्रतिवेदन समितिमा पेस गर्ने जिम्मेवारी पाउनेछन्।

भण्डारीले प्रतिक्रिया दिँदै पशुपति विकास कोषलाई पारदर्शी व्यवस्थापन, आधुनिक प्रविधिको उपयोग, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण र तीर्थयात्रीमैत्री सुविधा विस्तारमार्फत नमुना संस्थामा रूपान्तरण गर्ने संकल्प व्यक्त गरेका छन्। उनले पशुपतिमार्फत धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न कोषको भूमिका महत्वपूर्ण हुने भएकाले भण्डारीको नाम सिफारिसलाई विभिन्न तहमा सकारात्मक दृष्टिले हेरिएको छ।
 

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, असोज ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्