Kathmandu Press

माओवादीको केन्द्रीय समिति बैठक बस्दै 

बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
माओवादीको केन्द्रीय समिति बैठक बस्दै 
Hardik ivf

काठमाडौँ, असोज ९ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ ।

बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डmे राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने छ । 

साथै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि उनले जानकारी दिए ।
 

प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्