Kathmandu Press

नेपाली महिला फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, असाेज ७ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। 

खेल भारतको सिक्कममा आगामी कात्तिक ९ गते हुने एन्फाले जनाएको छ। एन्फाको परिमार्जित क्यालेन्डरमा यो खेल समावेश छ। 

यस्तै, नेपाली महिला टिमले मंसिरमा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने पनि एन्फको क्यालेन्डरमा छ। इन्डोनेसियामै हुने खेलमा घरेलु टोलीसँगै चाइनिज ताइपेइ पनि सहभागी हुन् छ। खेल मंसिर ८–१६ सम्म हुने छ। 

त्यस्तै, नेपाली महिला टिमले घरेलु मैदानमा साफ च्याम्पियनसिप पनि खेल्ने छ। प्रतिोगिता आगामी मंसिर १९ देखि पौस ४ गतेसम्म दशरथ रंगशालामा हुनेछ। 
 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्