Kathmandu Press

कोरोना संक्रमितको उपचारमा सघाउन रोबोट तयार

भक्तपुर, जेठ २ : कोरोना भाइरस संक्रमितको उपचारमा सघाउन भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले रोबोट बनाएको छ।

स्वास्थ्यकर्मील....

कोरोना संक्रमितको उपचारमा सघाउन रोबोट तयार
काठमाडाै‌ं प्रेस

भक्तपुर, जेठ २ : कोरोना भाइरस संक्रमितको उपचारमा सघाउन भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले रोबोट बनाएको छ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको जोखिमबाट बताउन सघाउने उद्देश्यले रोबोट बनाएको कलेजले जनाएको छ। कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थीको टाेलीले यसको निर्माण गरेको हो। उनीहरुले यसलाई ‘डेलिभरी रोबोट’ भनेका छन्।

अस्पतालहरुमा विरामीसम्म औषधि, खानालगायतका सामान पुर्‍याउन नर्सहरु जानुपर्ने हुँदा उनीहरुलाई संक्रमणको जोखिम बढी हुन्छ। नर्सहरुले सामना गर्नु पर्ने जोखिमलाई न्यूनिकरण गरी रोबोटमार्फत नै विरामीलाई आवश्यक सामाग्री पुर्‍याउनु यसको मुख्य उद्देश्य रहेको जनाएको छ।

Hardik ivf

रोबोट बनाउने समूहमा सहभागी कलेजका सहायक प्राध्यापक रुपेशदही श्रेष्ठले कलेजमै तयारी गरिएको बताए । एक सातामै रोबोट बनाउन सफल भएको अर्का सहायक प्राध्यापक दिनेश डंगालले बताए। अब नयाँ रोबोट बनाउन चार–पाँच दिनमात्रै लाग्ने उनको भनाइ छ।

राेबाेटसँगै निर्माणमा संलग्न टाेली।

‘यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्छ,’ उनले भने, ‘औषधि र खानाबाहेक अन्य आवश्यक सामानहरु पनि बोक्न सक्ने क्षमता रहेको छ।’

हेर्दा सामान्य देखिने यसलाई रोबोट म्यानुल (रिमोट कन्ट्रोल)बाट चलाइनेछ। एक जनाले पनि थुप्रै विरामीलाई रिमोटको सहायताले आवश्यक औषधि, पानी, खानालगायतका सामान पु¥याउन सक्नेछन्।

अहिले एउटा मात्रै रोबोट बनेको हो। यसको परीक्षणका लागि शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरिँदै छ। अस्पतालले आइसोलेसन वार्डमा यसको प्रयोग गर्ने कलेजले जनाएको छ।

सामाजिक उतरदायित्वलाई ध्यानमा राखेर कलेजले रोबोट बनाएको प्राचार्य प्रा.डा.हरिकृष्ण श्रेष्ठले बताए। सरकार र अन्य निकायले सहयोग गरे आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्