Kathmandu Press

कांग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा लगानी पूर्वधार र रोजगार विशेष समिति

काठमाडौं, जेठ २ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार, दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरेको ....

कांग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा लगानी पूर्वधार र रोजगार विशेष समिति

काठमाडौं, जेठ २ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार, दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरेको छ। वैशाख १७ को केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय  अनुसार सभापति शेरबहादुर देउवाले समिति गठन गरेका हुन्। 

समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानीकर्ता र रोजगारदाताहरु रहेका छन्। 

समिति संयोजकको नेतृत्व अर्बपति विनोद चौधरीलाई दिइएको छ। समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन गर्ने र पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने छ।

यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ। समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्