Kathmandu Press

रामेछापकाे खाँडादेवीमा जमरा राखियो 

सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ। सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ। 
रामेछापकाे खाँडादेवीमा जमरा राखियो 

रामेछाप, असाेज ५ : पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ। 

भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ। रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ। 

सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ। सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ। 

खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो। जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ लगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारहरूको सहभागिता थियो। 

जमरा राखेसँगै खाँडादेवी मन्दिरमा दशैँ विशेष बलि र पञ्चवली खुलेको छ । अब मन्दिरमा पञ्चवली र बलि लिएर आउने मानिसहरूको भिड लाग्ने गर्दछ। 

Photo-(3)-(15)-1758438675.jpg
 

खाँडादेवीलाई ऐतिहासिक शक्तिपीठ मानिन्छ । यसको वर्ष देवीभागवत महापुराणमा समेत गरिएको छ। त्यस्तै शिवपुराणको हिमवतखण्डमा पनि यो मन्दिरको चर्चा छ।

यस मन्दिरमा किँरातकालदेखि नै पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने गर्दछन्।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, असोज ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्