हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन
हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे।-(10)-1758378880.jpg)
हेटौंडा, असोज ४ : भदौ २३ र २४ गते नेपालभरि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
मेन्स रुम रिलोडेड (एमआरआर)को पहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे।
हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे। उनीहरूले हिंसा र द्वन्द्वको अन्त्य गर्दै सहमति र संवादमार्फत समस्या समाधानको आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: २०:१९ बजे, शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












