भूमि रक्षाका लागि कदम चाल्न व्यापार महासंघको आग्रह
काठमाडौं, जेठ २ : राष्ट्रिय उद्योग व्यापार महासंघले सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष शिव ....

काठमाडौं, जेठ २ : राष्ट्रिय उद्योग व्यापार महासंघले सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष शिव कट्टेल र महासचिव कमल बरालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथि भारतद्वारा गरिएको हस्तक्षेपको घोर भत्र्सना गरेको छ। कालापानी र सुस्तामा नेपाल–भारत सीमामा विवाद रहेको उल्लेख गर्दै यसका लागि दुवै देशले संरचना बनाएको र बैठकका लागि नेपालले गरेको आग्रह वेवास्ता गर्दै भारतले गरेको लिपिलेक अतिक्रणको विरोध महासंघले विरोध गरेको छ।
महासंघले सात वटा विषयमा बुँंदागत रुपमा तत्काल जनतालाई प्रष्ट पार्नसमेत माग गरेको छ। ससुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न पनि माग गरेको छ।
त्यस्तै, सूर्यनाथ उपाध्याय नेतृत्वको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरेको छ। लिम्पियाधुराबाट आउने कालीनदीलाई अन्तर्राष्ट्रिय सीमाना देखिने गरी नक्सा बनाई संविधानमा समावेस गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।











