Kathmandu Press

जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती : अध्यक्ष पौडेल 

‘हामीले यस पटक वाल दिवसको शुभकामना पनि राम्रोसँग दिन सकेनौं। जेनजी आन्दोलनका क्रममा सिजपको कार्यालय समेत तोडफोड भयो। यस्तो परिस्थितिमा केही न केही गर्नुपर्ने महसुस गर्दै काम गरिरहेका छौं,’ अध्यक्ष पौडेलले भने।
जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती : अध्यक्ष पौडेल 

काठमाडौं, असोज ४ : जेनजी आन्दोलनपछिको अस्थिरताले नेपालमा बाल संरक्षणको क्षेत्रमा गम्भीर असर पारेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले गहिरो व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनपछिको सन्दर्भमा नेपालमा बाल संरक्षणका लागि रणनीतिक मार्गचित्र’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पछिल्लो आन्दोलनका कारण बालबालिका र तिनीहरूका संरक्षण संस्था गम्भीर संकटमा परेको बताए।

Hardik ivf

‘हामीले यस पटक वाल दिवसको शुभकामना पनि राम्रोसँग दिन सकेनौं। जेनजी आन्दोलनका क्रममा सिजपको कार्यालय समेत तोडफोड भयो। यस्तो परिस्थितिमा केही न केही गर्नुपर्ने महसुस गर्दै काम गरिरहेका छौं,’ अध्यक्ष पौडेलले भने।

उनका अनुसार आन्दोलनको समयमा कैदीहरू छ्यापछ्याप्ती भागिरहेका थिए, जसले गर्दा बालबालिका र महिलाको सुरक्षामा थप चुनौती थपिएको छ। ‘अहिले झनै अपराधीहरू जेलबाट बाहिर छन्। तिनीहरूबाट बालबालिका र महिला असुरक्षित हुने अवस्था सिर्जना भएको छ,’ उनले भने। 

अध्यक्ष पौडेलले अपांगता भएका बालबालिका, अल्पसंख्यक समुदायका बालबालिका लगायतका समूदायहरू अझ बढी जोखिममा परेको उल्लेख गरे।

उनले आन्दोलनपछिको समयमा बाल संरक्षणमा काम गरिरहेका संस्था र व्यक्ति समेत निष्क्रियजस्तै भएको भन्दै चिन्ता व्यक्त गरे।
 
प्रकाशित मिति: १४:०९ बजे, शनिबार, असोज ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्