Kathmandu Press

नेपाल र नेपालीको अस्तित्व मेट्न खोजिँदै छ : संविधान सभा सदस्य थापा

संविधान दिवसको अवसरमा जिल्ला समन्वय संघ स्याङ्जाले स्याङ्जामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले जेन्जि आन्दोलनमा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली जनताको बलिदानीबाट बनेको संविधान जोगाउनु आजको प्रमुख जिम्मेवारी भएको उल्लेख गरेका हुन् । 
नेपाल र नेपालीको अस्तित्व मेट्न खोजिँदै छ : संविधान सभा सदस्य थापा

स्याङ्जा, असोज ३ : संविधान सभा सदस्य राजु थापाले नेपाल र नेपालीको अस्तित्व नै मेट्न खोजिएको बताएका छन् । 

संविधान दिवसको अवसरमा जिल्ला समन्वय संघ स्याङ्जाले स्याङ्जामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले जेन्जि आन्दोलनमा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली जनताको बलिदानीबाट बनेको संविधान जोगाउनु आजको प्रमुख जिम्मेवारी भएको उल्लेख गरेका हुन् । 

नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका थापाले विदेशी शक्तिको इशारामा लागेका दलालहरूले अर्बौं रकम खर्चेर आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास गरेको आरोप लगाउँदै यसको समीक्षा नेपाली जनताले पक्कै गर्ने धारणा राखे ।

राष्ट्रसेवक कर्मचारीलाई विचलित नभई अझ प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्दै थापाले राष्ट्रियता र समावेशितामाथि आँच आउन नदिई संविधानको संरक्षण गर्नु अपरिहार्य रहेको बताए ।

कार्यक्रम जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटी, नेकपा एमाले स्याङ्जा अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) र पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्