Kathmandu Press

कोरोना संक्रमणमा चीनलाई पनि उछिन्दै भारत

काठमाडौं, जेठ २ : कोरोना भाइरसको संक्रमण चीनको भन्दा भारतमा तीव्र रुपमा फैलिएको छ। संक्रमितको सख्यामा पनि भारतले चीनलाई उछिन्न लागेको छ।

शुक....

कोरोना संक्रमणमा चीनलाई पनि उछिन्दै भारत
एजेन्सी

काठमाडौं, जेठ २ : कोरोना भाइरसको संक्रमण चीनको भन्दा भारतमा तीव्र रुपमा फैलिएको छ। संक्रमितको सख्यामा पनि भारतले चीनलाई उछिन्न लागेको छ।

शुक्रबार बिहानसम्म चीनमा कोरोना संक्रमतिको संख्या ८२ हजार नौ सय ३३ रहेको छ। गत २४ घन्टामा चीनमा सात वटा मात्रै नयाँ संक्रमित भेटिएका छन्।

जबकी भारतमा एकै दिनमा तीन हजार नौ सय ४२ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा संक्रमितको संख्या चीनकै हाराहारी ८२ हजार एक सय तीन पुगेको छ। जसमा एक सय ६ जना आज बिहान मात्रै थपिएका हुन्।

चीनमा एउटामा मात्रै राज्य हुवाइमा संक्रमण फैलिएको थियो। तर, भारतमा ३३ वटा राज्यमा संक्रमण फैलिँदा संख्या पनि बढेको हो।

शुक्रबारसम्म चीनमा चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। पछिल्लो केही सातायता संक्रमितको मृत्यु भएको छैन। अहिलेसम्म ७८ हजार दुई सय नौ जना निको भइसकेका छन भने अहिले ९१ जना मात्रै अस्पतालमा उपचाररत छन्।

त्यस्तै, भारतमा दुई हजार चार सय ४९ जनाको मृत्यु भएको छ। शुक्रबारसम्म २७ हजार नौ सय ७७ जना निको भएका छन भने ५१ हजार चार सय ७७ जनाको उपचार भइरहेको छ।

अहिले भारतमा दैनिक तीन हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन्। सबैभन्दा बढी महाराष्ट्रमा संक्रमण फैलिइरहेको छ। महाराष्ट्रमा संक्रमितको संख्या २७ हजार पाँच सय २४ पुगेको छ। गत २४ घन्टामा मात्रै एक हजार संक्रमित थपिएका छन्।

त्यस्तै, गुजरातमा नौ हजार पाँच सय ९१, तामिलनाडुमा नौ हजार ६ सय ७४, दिल्लीमा आठ हजार चार सय ७०, मध्यप्रदेशमा चार हजार चार सय २६ र राजस्थानमा चार हजार पाँच सय ३४ जनामा कोरोना देखिएको छ।

 

 

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्