Kathmandu Press

नेकपा सचिवालय बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ २ : नेकपा सचिवालयको बैठक सकिएको छ। बैठकमा नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए....

नेकपा सचिवालय बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ २ : नेकपा सचिवालयको बैठक सकिएको छ। बैठकमा नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी कमिटी बैठकबारे भने कुनै निर्णय नगरेको उनले बताए। वैशाख ३१ गते बोलाइएको नेकपा स्थायी किमटी बैटक अन्तिम समयमा स्थगित भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम  संसद्मा प्रस्तुत गर्दैछिन्। अपराह्न ४ बजे नीति तथा कार्यक्रम पेश गरिने भएको छ।

पार्टीमा छलफल नगरी प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी चलेको भन्दै आलोचना हुँदै आएको थियो। यस पटक भने नीति तथा कार्यक्रम पेश हुनु अघि सचिवालय बैठक बोलाइएको हो। 

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्