Kathmandu Press

नेपाल एयरलाइन्सले जापानमा तीन चार्टर्ड उडान गर्दै

काठमाडौं, जेठ २ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानमा तीनवटा चार्टर्ड उडान गर्ने भएको छ। पहिलो चार्टर्ड उडान वाइडबडी ए....

नेपाल एयरलाइन्सले जापानमा तीन चार्टर्ड उडान गर्दै

काठमाडौं, जेठ २ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानमा तीनवटा चार्टर्ड उडान गर्ने भएको छ। पहिलो चार्टर्ड उडान वाइडबडी ए–३३० जहाजले आज राति जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न लागेको छ।

नेपालमा रोकिएका जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो। निगमको वाइडबडी जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

उनका अनुसार दुई सय ५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ। काठमाडौं–नारिता गन्तव्यको उडान करिब साढे सात घन्टाको हुनेछ।

यो निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो। यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दै छ। आगामी मे १७ र २२ मा पनि नारितामा चार्डड उडान गर्नेछ।

निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्किँदा रित्तै हुनेछन्। निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिले काठमाडौं–नारिता चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो। कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि उडान स्थगन गरेको थियो। निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

 

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्