नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, जेठ २ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बालुवाटारमा सुरु भएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल ह....

काठमाडौं, जेठ २ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बालुवाटारमा सुरु भएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने जनाएको छ। सरकारले आज अपराह्न ४ बजे संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ।
यस अघि वैशाख ३१ गते बोलाइएको स्थायी कमिटी बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने तयारी थियो। तर, कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको नेकपाले जनाएको थियो।
स्थायी कमिटी बैठक बस्न नसकेपछि नीति तथा कार्यक्रममा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।
प्रकाशित मिति: ०९:५६ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











