Kathmandu Press

नारायणी अस्पतालमा आगलागी   

बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो।
नारायणी अस्पतालमा आगलागी   

पर्सा, भदौ ३१ : वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ। अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो।

स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन्। 

Hardik ivf

उनका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो।

Photo-(2)-(74)-1758010102.jpg
 

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिए। यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्षति पुगेको छ।

के–के सामग्री जलेका छन् र के–के बाँकी छन् भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए। अस्पतालका कर्मचारीका अनुसार पुरानो विद्युत् तारमा बढ्दो लोडका कारण आगलागी भएको हुन सक्छ।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्