कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
काठमाडौं, जेठ २ : विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा....

काठमाडौं, जेठ २ : विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो ।
यसैगरी संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८७ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।
त्यहाँ संक्रमितको संख्या साढे १४ लाख नाघेको छ । अमेरिकापछि धेरै ज्यान गुमाउने बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।
इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ ।तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ ।












