पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन प्रशासनको रोक
काठमाडौं, जेठ १ : गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई काठमाडौं आउने पास दिन अस्विकार गरेको छ।
झापामा रहेको प....

काठमाडौं, जेठ १ : गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई काठमाडौं आउने पास दिन अस्विकार गरेको छ।
झापामा रहेको पूर्वराजा दम्पतीलाई पास नदिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरेको थियो। तर, गृह मन्त्रालयको आदेश गएपछि केही बेरमै प्रकृया नपुगेको भन्दै पास खारेज गरेको हो ।
गृह मन्त्रालयले मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने व्यवस्था मिलाएको भन्दै पास नदिएको जनाएको छ। शाहको निवेदनमा दुवै कारण उल्लेख नभएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए।पास नपाएपछि पूर्वराज शाहा झापाबाट काठमाडौं आउन नपाउने भएका छन्।











