Kathmandu Press

क्वारेन्टाइनमा जन्मिएका जुम्ल्याहा शिशुकाे स्वाब रिपोर्ट नेगेटिभ

दाङ, जेठ १ : दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। वडा नं १३ निवासी अनिता यादव....

क्वारेन्टाइनमा जन्मिएका जुम्ल्याहा शिशुकाे स्वाब रिपोर्ट नेगेटिभ

दाङ, जेठ १ : दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण गर्दा आज आएको रिपोर्ट नेगेटिभ देखिएको हो।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो। यसअघि अनिताको रिपोर्ट पनि नेगेटिभ आएको थियो।  

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ। उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ।  

यस्तै दाङका २५ जना पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको  हो। 

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्