कोरोनाको महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी दिन्छौँ : प्रधानमन्त्री ओली
काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने बताएका छन्।
ए....

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने बताएका छन्।
एकतीसौँ युवा दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताएका हुन्।
‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ,’ उनले भनेका छन्।
उनले कोरोनाको महामारी सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान पनि गरेका छन्। प्रधानमन्त्री ओलीले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गरेका छन्।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गरेका छन्।











