आन्दोलनकारीले तोडफोड गरेको पार्टी कार्यालयको सरसफाईमा जुट्यो नेपाली कांग्रेस स्याङ्जा
नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा सहित नेता, कार्यकर्ताको टोली आज पुतलीबजार नगरपालिकामा रहेको वी.पी. स्मृती भवन पुगेको हो ।
स्याङ्जा । गत भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयको सरसफाईका लागि नेपाली कांग्रेस स्याङ्जाका नेता, कार्यकर्ता पार्टी कार्यालय पुगेका छन् ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा सहित नेता, कार्यकर्ताको टोली आज पुतलीबजार नगरपालिकामा रहेको वी.पी. स्मृती भवन पुगेको हो ।
कार्यालयमा पुगेर तोडफोड गरिएका संरचनाहरुको क्षतिको विवरण संकलनका साथै पार्टीका महत्वपूर्ण कागजपत्रहरुको संकलन एवं संरक्षण गर्ने कार्य भईरहेको सभापति थापाले जानकारी दिए ।
यसरी पार्टी कार्यालयको सरसफाईमा जुट्नेमा कार्यबहाक सभापति केदार काफ्ले, महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, विभिन्न पालिकाका सभापति एवं शुभेच्छुक कार्यकर्ता रहेका छन् । आन्दोलनमा मुख्य राजनीतिक दलका नेता, उनका घर, पार्टी कार्यालय र सरकारी कार्यालयहरु आन्दोलनको निसानामा परेका थिए ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)