Kathmandu Press

फ्रन्टलाइनमा खटिएका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने

काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ। 

स्वास्थयकर्मीले कु....

फ्रन्टलाइनमा खटिएका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने
फाइल

काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ। 

स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण सुरु गरिएको छ। 

यसैगरी, मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ। उनले उनीहरु बन्दाबन्दी (लकडाउन) को समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए।  उनीहरुको परीक्षणका लागि  मन्त्रालयले कार्यविधि बनाइरहेको छ। केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो। 

अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ। 

यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्ने भएको छ। यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिए।

अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन्। देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन्। रासस

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्