आगलागीका कारण डेटा सेन्टरमा क्षति भएकाले सेवा अवरुद्ध भउको भन्दै भायानेटले माग्यो माफी
प्रमुख डेटा सेन्टरमा भएकाे क्षतिका कारण कम्पनीको इन्टरनेट र भाया–टिभी सेवा अवरुद्ध हुन पुगेको थियो। यसका लागि कम्पनीले ग्राहकसँग माफीसमेत मागेको छ।
काठमाडौं, भदौ २७ : इन्टरनेट सेवाप्रदायक भायानेटको डेटा सेन्टरमा क्षति पुगेको छ । २४ भदौमा भएको जेन–जी प्रदशर्नका क्रममा थापाथलीस्थित बिजनेस पार्कमा रहेको कम्पनीको प्रमुख डेटा सेन्टरमा क्षति पुगेको हो।
प्रमुख डेटा सेन्टरमा भएकाे क्षतिका कारण कम्पनीको इन्टरनेट र भाया–टिभी सेवा अवरुद्ध हुन पुगेको थियो। यसका लागि कम्पनीले ग्राहकसँग माफीसमेत मागेको छ।
डेटा सेन्टरमा क्षति पुगे पनि ब्याकअप डेटा सेन्टर रहेको कम्पनीको भनाइ छ। यस्ता महत्वपूर्ण संरचना अचानक गुमाउँदा सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त नभएकाले सेवा देशभर अवरुद्ध भएको कम्पनीले स्पष्ट पारेको छ ।
‘डेटा सेन्टरमा क्षति पुगेलगत्तै प्राविधिक टोली तुरुन्तै खटाइए पनि भवन असुरक्षित भएका कारण त्यहाँ पुग्न नसेकको, तर त्यसबिचमा ब्याकअप डेटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकिएको कम्पनीले जानकारी दिएको छ । २५ भदौमा सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि आवश्यक सर्भर सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डेटा सेन्टरमा पुनस्र्थापना गरिएको बताइएको छ ।
‘प्राविधिक टोलीको प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ,’ कम्पनीले सूचनामार्फत भनेको छ, ‘बिहीबार साँझदेखि पूर्ण क्षमतामा सेवा सञ्चालन गरेका छौँ ।’
त्यसैगरी भाया टिभी पनि चाँडै सञ्चालनमा आउने बताइएका ेछ।










-(86)-1764936079.jpg)

