Kathmandu Press

हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए।
हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

हेटौँडा, भदौ २६ : नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए।

सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए।

Hardik ivf

उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए।

प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको प्रहरीले जनाएको छ।

Photo-(4)-1757600600.jpg

Photo-(3)(1)-1757600598.jpg

Photo-(1)(1)-1757600597.jpg

प्रकाशित मिति: २०:०९ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्