Kathmandu Press

‘कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन’

‘युवाहरूले वैचारिक जागरण, भ्रष्टाचारको अन्त्य र डिजिटल अधिकारको माग गर्दै गरेको आन्दोलनलाई हिंसात्मक बनाउनु सरकारको असफलता हो,’ उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
‘कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन’

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा.डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भत्र्सना गरेकी छिन्।

डा.संग्रौलाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग पनि गरिन्। 

Hardik ivf

उनले काठमाडाैंको नयाँ बानेश्वर, दमक, पोखरा लगायतका स्थानमा भएका प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र यसले मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताउँदै प्रहरीको आवश्यकताभन्दा बढी बल प्रयोगले शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्न पुगेको छ, जुन अत्यन्त दुखद् भएको टिप्पणी गरिन्। 

काठमाडौं लगायतका देशमा विभिन्न भागमा कफ्र्यु घोषणा गरिएको र कम्तीमा १९ जनाको ज्यान गएको खबरले नेपाली काँग्रेस र आफूलाई गहिरो पीडा भएको उल्लेख गरेकी छिन् 
संग्रा्रलाले सरकारसँग प्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न, घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् ।  ‘युवाहरूको आवाजलाई दबाउनु भनेको नेपालको भविष्यलाई दबाउनु हो,’ उनले जोड दिएकी छिन्।

कांग्रेसले सरकारमा बसिरहने नैतिक आधार गुमाएको भन्दै उनले पार्टीले यो विषयमा तत्काल समीक्षा गर्नुपर्ने बताइन्। 

‘युवाहरूले वैचारिक जागरण, भ्रष्टाचारको अन्त्य र डिजिटल अधिकारको माग गर्दै गरेको आन्दोलनलाई हिंसात्मक बनाउनु सरकारको असफलता हो,’ उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
 

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्