Kathmandu Press

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला, जेठ १ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जन....

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला, जेठ १ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। 

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ। 

मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए। स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ। 

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्