Kathmandu Press

धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी

‘यहाँहरुसहित समस्त बजार लगानीकर्ताहरु मात्र नभई कम्पनीहरुको भावना बुझेको छु। बोर्डको कुर्सीमा आइसकेपछि मैंले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको छु। यहाँहरुले उठाउनुभएको कुरामा आफंैपनि चिन्तित छु,’ उनले भने
धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी

काठमाडौं, भदौ २२ : नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। 

‘सुरुदखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो। मेरो पहिलो प्राथमिकता दोस्रो बजार हो। खासगरी साना लगानीकर्ताहरुले जुन भोग्नुपर्ने समस्या छ त्यसलाई बेवास्ता गर्न सक्दिनँ,’ उनले भने, ‘कति आधिकारिक कम्पनीहरु, निवेदक कम्पनीहरुको पनि आफ्नो आवश्यकता छ पुँजी सङकलनको लागि र यो नै माध्यम पनि हो। त्यो जरुरी छ । तर यी दुई वटालाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु।’

अध्यक्ष श्रेष्ठले आफूले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको बताए। 

‘यहाँहरुसहित समस्त बजार लगानीकर्ताहरु मात्र नभई कम्पनीहरुको भावना बुझेको छु। बोर्डको कुर्सीमा आइसकेपछि मैंले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको छु। यहाँहरुले उठाउनुभएको कुरामा आफंैपनि चिन्तित छु,’ उनले भने  
लगानीकर्ताले सबै सूचीकृत कम्पनीहरुको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गरिनपर्ने, ब्रोकरमार्फत मार्जिन ट्रेन्डिङ तत्काल शुरुवात गर्नुपर्ने, संस्थापक हिस्सेदारी सम्बन्धि कानूनी व्यवस्था नभएसम्म आइपीयो रोकिनुपर्ने, प्राथमिक र दोस्रो बजारमा संस्थागत लगानीकर्ताका सहभागिता बृद्धि गर्नुपर्ने, सबै आईपीयोमा बुक बिल्डड अनिवार्यरुपमा गर्नुपर्नेलगायतका माग राखेका छन्।

आइतबार नै आम सर्वसाधारण लगानीकर्ताका तर्फबाट पुँजी बजार जोगाउन २२ बुँदे माग धितोपत्र बोर्डका श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। 

माग पूरा नभए पुँजी बजारले नसोचेको संकट व्यहोर्ने र ७० लाख बढी लगानीकर्ता, ९३ सेयर दलाल, दर्जनौं मर्चेन्ट बैंकर, सरकार र अन्य सम्बद्ध पक्षहरुले ठूलो क्षति भोग्नुपर्ने लगानीकर्ताको दाबी छ। 

 

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, भदौ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्