Kathmandu Press

पल्सर स्पोट्र्स अवार्डको चार विधाका उत्कृष्ट ५ को मनोनयन सर्वाजनिक 

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै २२ औँ संस्करणको अवार्डका लागि विभिन्न विद्यामा उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। 
पल्सर स्पोट्र्स अवार्डको चार विधाका उत्कृष्ट ५ को मनोनयन सर्वाजनिक 

काठमाडौं, भदौ २१ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डका उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। 

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै २२ औँ संस्करणको अवार्डका लागि विभिन्न विद्यामा उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। 

एनएसजेएफले स्पोट्र्स अवार्डका लागि उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गर्दै चारवटै विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्। 

Hardik ivf

अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ ।

को–को परे मनोनयनमा ?

उत्कृष्ट प्रशिक्षक : दीपक महर्जन (बक्सिङ), कविराज नेगी लामा (पारा तेक्वान्दो), लक्ष्मी नारायण वैद्य (खोखो), महेश रिजाल (क्रिकेट), कुशल श्रेष्ठ (कराते)

उत्कृष्ट युवा वर्ष खेलाडी : पूजा महतो (क्रिकेट), समीर तामाङ (फुटबल), अजय बिक (एथ्लेटिक्स), अब्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ)। 

उत्कृष्ट वर्ष महिला खेलाडी : एरिका गुरुङ (कराते), रेखा पौडेल (फुटबल) मानमती धामी (खो खो), एलिसा रास्कोटी मगर (कराते), सलिना श्रेष्ठ (भलिबल)।

उत्कृष्ट वर्ष पुरुष खेलाडी : दिपेन्द्र सिंह ऐरी (क्रिकेट), कुशल भुर्तेल (क्रिकेट), विजय सिन्जाली (उसु), जनक चन्द (खो खो), स्यान्टु श्रेष्ठ (टेबल टेनिस) ।
 

प्रकाशित मिति: २१:०२ बजे, शनिबार, भदौ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्