Kathmandu Press

एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह विभाजन, भोलि बन्दसत्र 

उनले आइतबार (भोली) ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र आह्वान हुने बताए। उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए। 
एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह विभाजन, भोलि बन्दसत्र 

काठमाडौं, भदौ २१ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल जारी छ।

ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा हिजो प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव र संगठन सम्बन्धी प्रस्तावमाथि छलफलको क्रम जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

Hardik ivf

‘अहिले १० वटा समूहमा हिजो प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, विधान शंसोधन सम्बन्धी प्रस्ताव र संगठन सम्बन्धी प्रस्तावमाथि छलफलको क्रमको जारी छ। आज दिनभरी छलफल जारी रहनेछ,’ उनले भने, ‘सबै समूहहरुले आफ्नो प्रतिवेदनहरु पनि लेखन गर्नेछन् र भोलिदेखि प्रस्तुतिको क्रम अगाडि बढ्छ।’

उनले आइतबार (भोली) ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र आह्वान हुने बताए। उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए। 

‘भोलि ८ बजेदेखि बन्दसत्र आह्वान भएको छ। बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्नु हुनेछ। ति प्रस्तुतिहरुपछि पार्टी  अध्यक्षले त्यसको जवाफ दिनेछन्,’ उनले भने, ‘कुनै मुद्दामा विवाद भएमा त्यसमा निर्णयार्थ प्रस्तुत गरेर एउटा प्रक्रियाबाट निष्कर्षमा पुर्याउने काम हुन्छ । त्यसपछि समसामयिक घटनाक्रममा आधारित भएर केही महत्वपूर्ण प्रस्तावहरु पारित भएपछि अधिवेशन समाप्त हुन्छ।’ 

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन्। 

प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ। 
 

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, भदौ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्