Kathmandu Press

कोशीका मन्त्री राम राना चढेको गाडीले बालकलाई दियो ठक्कर

घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार बालकको अवस्था सामान्य छ।
कोशीका मन्त्री राम राना चढेको गाडीले बालकलाई दियो ठक्कर

काठमाडौं, भदौ २१ : कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ। 

ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन्।

घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार बालकको अवस्था सामान्य छ।

मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए। सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ।
 
प्रकाशित मिति: ११:४८ बजे, शनिबार, भदौ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्