एमाले विधान महाधिवेशनको दोस्रो आज दिन समूहगत छलफल हुँदै
महाधिवेशनमा पहिलो दिनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थियो।-(5)-1757138210.jpg)
काठमाडौं, भदौ २१ : नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ।
आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ।
महाधिवेशनमा पहिलो दिनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थियो।
आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना पनि रहेको छ। आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने गरि कार्यक्रमहरु तय भएको छ।
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन्।
प्रकाशित मिति: ०८:४२ बजे, शनिबार, भदौ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
