Kathmandu Press

‘जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा पर्‍यो’

‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ,’ उनले भने।
‘जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा पर्‍यो’

काठमाडौं, भदौ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको बताएका छन्। 

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनका असरहरुले संकटमा परेको भन्दै त्यसको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका हुन्। 

Hardik ivf

‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ,’ उनले भने।

अध्यक्ष दाहालले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको भन्दै भने, ‘हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं।’

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए। 

सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको पनि उनले बताए। 

प्रकाशित मिति: २२:३४ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्