दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा
‘दलमा लाग्नु समस्या होइन, दलमा लाग्ने वित्तिकै दलदलमा फसेर सबैलाई फसाउने हो भने समस्या हो। त्यसकारण यो कुरामा नवराज लम्साललाई बधाई दिन चाहन्छु,’ उनले भने।
काठमाडौं, भदौ २० : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नवराज लम्सालले राजनीतिक चेतनालाई पुँजी बनाएर महाकाव्यको निर्माण गरेको बताएका छन्।
शुक्रबार महाकाव्यकार डा.नवराज लम्सालकृत चौथो महाकाव्य ‘कल्प’ को लोकार्पण समारोहमा उनले नवराजले राजनीतिक चेतनालाई पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने प्रयास गरेको भन्दै यसले नयाँ पुस्ता र साहित्यमा कलम चलाउनेहरुलाई प्रेरित गर्ने बताए।
‘दलमा लाग्नु समस्या होइन, दलमा लाग्ने वित्तिकै दलदलमा फसेर सबैलाई फसाउने हो भने समस्या हो। त्यसकारण यो कुरामा नवराज लम्साललाई बधाई दिन चाहन्छु,’ उनले भने, ‘किनभने राजनीतिक चेतनालाई आफ्नो पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने जुन प्रयास गर्नुभयो यो एकदमै राम्रो कुरा हो। यसले नयाँ पुस्तालाई र साहित्यमा कलम चलाउनेलाई प्रेरित गर्छ भन्ने कुरा राख्न चाहन्छु।’
महामन्त्री थापाले नवराज लम्सालको महाकाव्यलाई आम मानिससम्म पु¥याउने सबैभन्दा सशक्त हस्ताक्षर भएको भन्दै अहिलेको जस्तो आधुनिक अवस्थामा महाकाव्य रचना गरेर मानिसको बीचमा राख्ने कुरा आफैमा बेजोड रहेको बताए।
सोही क्रममा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले लोकार्पण भएको कल्पमाथि संकल्प गरेर प्रश्नको उत्तर होइन उपायको खोजी गर्ने संकल्प गर्नुपर्ने बताए ।
राष्ट्रिय एकता सम्भव हुने गरि नेपाली साहित्यको पुनःलेखन नभएको भन्दै नेपालीलाई नेपालमा नै केही हुन्छ भन्ने विश्वास दिलाउनसके मात्र देशलाई राम्रो उचाइमा लान सक्ने उनको भनाई छ।
यस्तै, नेकपा एमालेकी सांसद विद्या भट्टराईले हिजोका सम्बन्धहरु कति बचाएका छौं, कति भत्कायौं र यसलाई अब कसरी संरक्षण गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा नवराजले महाकाव्यमा चिन्तन गरेको भन्दै हामीले पनि यही विषयलाई चिन्तन र मनन गर्नुपर्ने बताइन्।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
