Kathmandu Press

प्रशिक्षक म्याट रस भन्छन्– बंगलादेशलाई दुवै खेलमा हराउँछौं

खेलअघि आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा उनले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताए।
प्रशिक्षक म्याट रस भन्छन्– बंगलादेशलाई दुवै खेलमा हराउँछौं

काठमाडाैं, भदाै २० : नेपाली राष्ट्रिय फुटबल टिमले २ वर्षपछि घरेलु मैदानमा फुटबल खेल्दै छ। नेपालले आगामी शनिबार र मंगलबार बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। 

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रसले दुवै मैत्रीपूर्ण खेलमा जित निकाल्ने बताएका छन्। खेलअघि आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा उनले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताए।

साथै उनले बंगलादेशको टोली पनि राम्रो भएको बताउँदै नेपालका लागि यो राम्रो परीक्षण हुने बताए। 

‘हाम्रो तयारी राम्रो भएको छ, घरेलु दर्शकको अगाडि राम्रो प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ र हामी जित्ने पनि छौं, खेलाडीहरूले‌ पनि त्यही अपेक्षा गरेका छन्’ प्रशिक्षक रसले भने।

यता, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताए। ‘यहाँ आउनुअघि पनि हामीले अभ्यास खेलहरू खेलेका थियौं, हाम्रै स्तरमा रहेको नेपाली टोलीसँगको‌ खेलले हामीलाई पनि राम्रो तयारी पुग्ने छ, यो अवश्य च्यालेन्जिङ भने हुनेछ’ उनले भने।

लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरी नआउनुको कारणबारे प्रशिक्षक जेभियरले हम्जाको दाँया खुट्टामा केही समस्या रहेको र मैत्रीपूर्ण खेलमा रिस्क लिन नचाहेको बताए 

नेपाल र बंगलादेशबीचको पहिलो खेल दशरथ रङ्गशालामा शनिबार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। दोस्रो खेल मंगलबार हुनेछ।


 

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, भदौ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्