Kathmandu Press

सामाजिक सञ्जाल बन्दको निर्णय लोकतन्त्र र मानव अधिकारको मूल्य विपरीत : मानवअधिकार आयोग

आयोगले एक विज्ञप्तिमार्फत कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहने समेत जनाएको छ। 
सामाजिक सञ्जाल बन्दको निर्णय लोकतन्त्र र मानव अधिकारको मूल्य विपरीत : मानवअधिकार आयोग

काठमाडौं, भदौ २० : राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत रहेको ठहर गरेको छ। 

आयोगले शुक्रबार सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने भनेको छ। 

Hardik ivf

आयोगले एक विज्ञप्तिमार्फत कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहने समेत जनाएको छ। 

‘तर नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ। यस प्रकारको कार्यले नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरुको सङ्कुचन हुनुका साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल समेत हुन जाने स्पष्ट छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आयोगले आमनागरिकको जीवनको अभिन्न अंग बनिसकेको सामाजिक सञ्जाल बन्द गर्दा आमनागरिकमा पर्न सक्ने प्रभावको आँकलन गर्न र सरकारले गरेको निर्णयमाथि पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जालहरू नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरी नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था भएका अधिकारको उपभोगको सुनिश्चितता गर्न आयोगले सरकारलाई निर्देशन समेत गरेको छ ।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्