विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गरिने
मन्त्री प्रदिप पौडलले बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन्।-(56)-1757071331.jpg)
काठमाडौं, भदौ २० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधानमा आफ्ना एजेण्डा पेस गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडलले बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन्।
‘बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि यसको पैरवी गर्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने सन्दर्भको बहसलाई हामी सबैले अगाडि बढाउन सक्नुपर्छ। सबैले बीमाको पैसा स्वास्थ्य मन्त्रीको खोजीमा छ झिक्न गाह्रोले नदिएको जस्तो गर्छन्,’ उनले भने, ‘त्यो कहाँबाट ल्याएर दिने? अहिले बीमाको नयाँ नेतृत्व आएपछि धेरै ताकेता गरेपछि बल्ल परिक्षणको काम द्रुतगतिमा अगाडि बढेको छ।’
उनले बीमाको आम्दानी नभए अवस्था नाजुक रहेको भन्दै सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्ने बताए।
‘बीमाको आम्दानी खर्च अनुसार बढाउने गरी पैरवी गर्न जरुरी छ। यो विषय हामो राष्ट्रिय विकास समस्या समाधानको एजेण्डा हुन्छ त्यहाँ हामी पेस गर्छौं। सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्छ। सामाजिक सुरक्षा कोषको स्वास्थ्य तर्फको पैसा बीमा बोर्डमा जानुपर्छ, सञ्जय कोषको स्वास्थ्य तर्फको पैसा बीमा बोर्डमा जानुपर्छ,’ उनले भने।
मन्त्री पौडेलले २०७४ को ऐनले व्यवस्था ऐन, नियम लागु नभई त्यसलाई प्रतिस्थापन गर्न अर्को नियम ल्याउन खोजेको बताए। उनले तीनै तहका सरकारले स्वास्थ्य सुविधामार्फत गर्ने खर्च बीमा बोर्डबाट जानुपर्ने समेत बताए।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
