Kathmandu Press

माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा असोज १० गते

सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ। यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ।
माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा असोज १० गते

काठमाडौं, भदौ २० : माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ। गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९÷८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८.२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ। अग्राधिकार शेयर जारीपछि पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेस हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। सोअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।
 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्