Kathmandu Press

एमालेप्रति जनताको विश्वास बढेको छ, ८४मा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

‘अहिले हामी सरकारमा छौं, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौं भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन। जनताकामाझ गई  सक्रिय भएर काम गरौ,’ उनले भने।
एमालेप्रति जनताको विश्वास बढेको छ, ८४मा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

ललितपुर, भदौ २० : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन्। 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले कोही कसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको उल्लेख गरे।

Hardik ivf

‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमासमेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौं, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौं, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौं,’ ओलीले भने।

एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गरे। ‘अहिले हामी सरकारमा छौं, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौं भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन। जनताकामाझ गई  सक्रिय भएर काम गरौ,’ उनले भने।

अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, तर, परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका उनले बताए। उनले आफूहरु देशमा परिवर्तन ल्याउनका लागि हिँडेका उल्लेख गरे।

‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन, हाम्रो लक्ष्य समाजवादतर्फ हो,’ उनले भने, ‘अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ, देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौं।’

अध्यक्ष ओलीले एमाले निर्णायक राष्ट्रिय शक्तिका भएको बताउँदै हाम्रो नीतिहरू नै राष्ट्रिय नीति  भएको बताए। उनले सबै मिलेर पार्टीलाई अझ सुदृढ, सशक्त र लोकप्रिय बनाउन अव्हान गरे।

पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्नसक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए। 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्