Kathmandu Press

वर्ल्डलिंकले बन्द गर्‍याे दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू 

वर्ल्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो।
वर्ल्डलिंकले बन्द गर्‍याे दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू 

काठमाडौं, भदौ २० : सरकारको निर्देशन अनुसार वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।

वर्ल्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो।

Hardik ivf

‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ । यसअनुसार, वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौं,’ वर्ल्डलिंकले जारी गरेको सूचनामा भनिएको छ।

वर्ल्डलिंकले यसबाट केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्ने भन्दै यसबाट पर्न जाने असरप्रति क्षमा पनि मागेको छ। 

नेपाल टेलिकम र मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो । एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्