भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल हुन सक्दैन : ओली
ओलीले भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएको पनि स्पष्ट गरे। विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि उनले बताए।
काठमाडौं, भदौ २० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएको बताएका छन्। ओलीले यस बिषयमा छलफल नै हुन नसक्ने बताए।
ओलीले भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएको पनि स्पष्ट गरे। विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि उनले बताए।
अध्यक्ष ओलीले कार्यसूचीमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने जानकारी दिए।
‘विधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन्। ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्,’ ओलीले भने, ‘ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफलका विषय बनाउँछौँ । विधान महाधिवेशनमा विधानको विषयमा केन्द्रित भएर छलफल हुन् ।’
विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
