सुनको मूल्य तोलामा २५ सयले बढ्यो, २ लाख १० हजार नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ।
काठमाडौं, भदौ २० : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो। सुनको मूल्य पछिल्लो एक सातामा १० हजार रुपैयाँ बढेको छ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


